What is Happening with TPS? टिपिएस को बारे के भईरहेको छ?

यो सुचना एसिएलयू (ACLU of Southern California), अधिकार, कारासेन (CARACEN-Los Angeles), नेशनल टिपिएस अलायन्स (the National TPS Alliance), नेशनल डे लेबरर ओर्गानाईजिङ् नेटवर्क (the National Day Laborer Organizing Network), र वर्किङ् फेमलिज यूनाईटेड (Working Families United) को संयुक्त पहलमा  तयार पारिएको हो।

Background

पृष्ठभुमि


The six TPS terminations announced by President Trump (El Salvador, Haiti, Honduras, Nepal, Nicaragua, Sudan) have been put on hold as a result of federal court orders in two related cases: Ramos and Bhattarai. Additionally, the federal government has agreed to maintain the status of Salvadorans for an additional time period. We provide the latest information on TPS below.

रामोस र भट्टराईको मुद्दाको कारणले गर्दा अदालतको आदेशमा राष्ट्रपति ट्रम्पले ६ वटा देशहरु (एल साल्भाडोर, हैटी, होन्डुरस, नेपाल, निकारागुवा र सुडान) को टिपिएस अन्त्य गर्ने निर्णय हालको लागि लागु गर्न नपाईने भएको छ। छुट्टै सम्झौता अनुसार, अमेरिकी सरकारले एल साल्भाडोरको लागि टिपिएस थप १ बर्षको लागि म्याद थपिदिएको छ। टिपिएस बारे ताजा सुचना तल लेखिएका छन्।

What did the court order?

अदालतको आदेशमा के थियो?

  • In Ramos, the district court issued a “preliminary injunction” in October 2018 that prevents the government from implementing the TPS terminations for Sudan, Nicaragua, Haiti, and El Salvador. The injunction also requires the government to make sure TPS holders from those countries maintain their lawful status and work authorization until the case comes to an end. The government has appealed the district court’s decision and asked the Ninth Circuit to reverse the preliminary injunction.

रामोस मुद्दामा अदालतको अक्टुबर २०१८ को प्रारम्भिक निषेधाज्ञा अनुसार सुडान, निकारागुवा, हैटी र एल सालभाडोरको टिपिएस अन्त्य गर्ने अमेरिकी सरकारको निर्णय हालको लागि लागु गर्न नइपाईने गरिएको थियो। सो निषेधाज्ञा अनुसार मुद्दाको अन्तिम फैसला नहुन्जेल सम्म अमेरिकी सरकारले उक्त देशहरुको कानुनी दर्जा (स्टेटस) र काम गर्न पाउने अनुमति (वर्क पर्मिट) कायम राख्न पर्ने हुन्छ। अमेरिकी सरकारले उक्त अदालती आदेश बिरुद्ध पुनरावेदन दिएको छ र नवौं सर्किट (Ninth Circuit) लाई सो निषेधाज्ञा उल्टाउन आग्रह गरेको छ।

  • In Bhattarai, the district court entered a “stipulated order” in March 2019 pursuant to an agreement between the government and the plaintiffs. The order prevents the government from implementing the TPS terminations for Honduras and Nepal until the Ramos appeal is decided. It also requires the government to make sure TPS holders from those countries maintain their lawful status and work authorization until the Ramos appeal is decided.

भट्टराईको मुद्दामा डिस्ट्रिक्ट अदालतले मार्च २०१९ मा अमेरिकी सरकार र वादीहरु बीच हुन सक्ने सम्झौताको आधारमा “नियत आदेश” (stipulated order) जारी गरेको थियो। सो आदेश अनुसार रामोस मुद्दाको फैसला नहुन्जेल होन्डुरस र नेपाल को टिपिएस पनि अन्त्य गर्न नपाईने, र त्यतिन्जेल सो देशहरुको कानुनी दर्जा (सटेटस) र काम गर्न पाउने अनुमति (वर्क पर्मिट) पनि कायम राख्न पर्ने भनिएको छ।  

  • Under the district court’s orders, TPS holders must be permitted to stay and work in the United States for at least six months after any decision reversing the Ramos injunction.

डिस्ट्रिक्ट अदालतको आदेश अनुसार रामोस मुद्दाको निषेधाज्ञा उल्टाईएको खण्डमा टिपिएस वालाहरुले कम्तिमा अर्को छ महिनासम्म अमेरिकामा बस्न र काम गर्न पाउनेछन्।

  • In a separate agreement between the governments of the United States and El Salvador that was announced on October 28, 2019, the Department of Homeland Security agreed to permit TPS holders from El Salvador to remain in the U.S. and work here for one year after any decision reversing the Ramos injunction.

अमेरिकी र एल सालभाडोरको सरकारहरु बीच अक्टुबर २८, २०१९ मा भएको छुट्टै सम्झौता अनुसार रामोस निषेधाज्ञा उल्टाईएको खण्डमा  एल सालभाडोरको टिपिएस वालाहरुलाई अर्को एक बर्ष सम्म अमेरिकामा बस्न र काम गर्ने अनुमती दिने भनेर डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्यूरिटि (Department of Homeland Security) मन्जुर भएको छ।

What happens next/when will the Ninth Circuit decide the case?

नवौं सर्किट (Ninth Circuit) को फैसला कहिले आउँछ त? 


We are waiting for a decision from the Ninth Circuit Court of Appeals. A decision could come at any time.

नवौं सर्किट कोर्ट अफ अपिल्स (Ninth Circuit Court of Appeals) को फैसला हामी अझै पनि कुरि रहेका छौं। यो फैसला कुनै पनि बेला आउन सक्छ।

What is the schedule for automatic extensions of TPS and work authorization during the litigation?

मुद्दा जारी रहुन्जेल टिपिएस र काम गर्ने अनुमति (वर्क पर्मिट) स्वत: नविकरण (रिनिऊ) हुने समय सुची के हो त?


As long as the Ramos preliminary injunction remains in place, the government is required to issue automatic extensions of TPS and work authorization. The latest extension was published on November 4, 2019. It will automatically extend TPS and work authorization for TPS holders from El Salvador, Haiti, Honduras, Nepal, Nicaragua, and Sudan through January 4, 2021. If the Ramos preliminary injunction remains in place in mid-November 2020, DHS will announce another automatic extension for the six countries.

रामोस मुद्दामा अदालतले जारी गरेको प्रारम्भिक निषेधाज्ञा जायज रहे सम्म अमेरिकी सरकारले टिपिएस र काम गर्ने अनुमति (वर्क पर्मिट) स्वत: रिनिऊ (नवीकरण) गरि रहन पर्छ। म्याद थपिएको सबभन्दा पछिल्लो सुचना नोभेम्बर ४, २०१९ मा प्रकाशित गरिएको थियो। यो सुचना अनुसार एल सालभाडोर, हैटी, होन्डुरस, नेपाल, निकारागुवा, र सुडानको टिपिएस र काम गर्ने अनुमति (वर्क पर्मिट) जनवरी ४, २०२१ सम्मको लागि स्वत: लम्बिने छ। यदि रामोस मुद्दाको प्रारम्भिक निषेधाज्ञा नोभेम्बर, २०२० को बीच सम्म पनि जारी नै रहेको खण्डमा डिएचएस (DHS) ले सो ६ वटा देशहरुको लागि पुन: अर्को म्याद थप को सुचना जारी गर्ने छ।

How does the agreement between the U.S. and El Salvador announced on October 28, 2019 affect all this?

अक्टुबर २८, २०१९ मा अमेरिकी र एल सालभाडोरको सरकारहरु बीच भएको सम्झौताले यो सबै प्रकृयालाई कसरी असर पार्छ? 


Details are still emerging, but it appears that the agreement would guarantee that TPS holders from El Salvador would be permitted to remain in the U.S. for at least one year following any decision reversing the Ramos injunction. In other words, instead of a guarantee of six months to remain in the U.S. in the event the Ramos injunction is reversed, TPS holders from El Salvador would have twelve months. The agreement does not affect TPS holders from any other country.

पूर्ण, स्पष्ट विवरणहरु आउन बाँकी नै छ, तर प्रारम्भिक बुझाईका अनुसार एल सालभाडोरका टिपिएस वालाहरुलाई रामोसको मुद्दामा लागिएको निषेधाज्ञा उल्टिएमा कम्तिमा अर्को एक वर्षसम्म अमेरिकामा बस्न दिईने छ। अर्को शब्दमा भन्नु पर्दा, रामोस मुद्दा को निषेधाज्ञा उल्टिएमा एल सालभाडोरका टिपिएस वालाहरुले ६ महिनाको सट्टा एक बर्ष थप बस्न पाउने छन्। यो सम्झौताले अन्य देशका टिपिएस वालाहरुलाई कुनै पनि किसिमको असर पार्ने छैन।

What’s the worst-case scenario for TPS holders?

टिपिएस वालाहरुका लागि सब भन्दा नराम्रो नतिजा के हुन सक्छ?


If we lose in the Ninth Circuit, the government could end TPS in as little as six months (except for Salvadorans, who would be protected for one year under the agreement between the governments of the United States and El Salvador). 

यदि हामीले नवौं सर्किट (Ninth Circuit) को मुद्दा हारेऊँ भने अमेरिकी सरकारले कम्तिमा छ महिना सम्ममा टिपिएस अन्त्य गर्न सक्छ। एल सालभाडोरको लागि भने बिषेश सम्झौताले गर्दा यो अवधि एक बर्ष हुनेछ।

What’s the best-case scenario?

हाम्रो लागि सबभन्दा राम्रो नतिजा के हुन सक्छ? 


If we win in the Ninth Circuit, protections for TPS holders stay in place during any further appeals by the government and/or until the case comes to an end. That could take two years or even longer.

यदि हामीले नवौं सर्किट (Ninth Circuit) को मुद्दा जितेऊँ भने अमेरिकी सरकारले पुनरावलोकनको लागि उजुरी हालुन्जेल या मुद्दाको अन्तिम फैसला नहुन्जेल टिपिएस वालाहरु सुरक्षित रहने छन्। यो प्रकृया पुरा हुन घटिमा २ वर्ष या बढी लाग्न सक्छ।

If we lose, can we appeal?

यदि हामीले मुद्दा हारेऊँ भने हामीले पुनरावलोकनको लागि उजुरी हाल्न सक्छौं?


Yes. We could ask the Ninth Circuit to rehear the case en banc (with a larger group of judges). Or we could ask the Supreme Court to rehear the case. But both could reject our request. 

यो हुन सक्छ। हामीले नवौं सर्किट (Ninth Circuit) कै फुल बेन्च (न्यायधिशहरुको अझ ठुलो समुह) ले मुद्दा फेरि हेर्न आग्रह गर्न सक्छौं। या हामीले सर्वोच्च अदालतलाई पनि यो मुद्दा हेर्न आग्रह गर्न सक्छौं। तर दुवै अदालतले हाम्रो आग्रह नमान्न पनि सक्छन्। 

Are there other TPS cases besides Ramos? Do any of them provide additional protection?

रामोस बाहेक अरु पनि टिपिएस सम्बन्धी मुद्दाहरु छन्? के ति अरु मुद्दाहरुले पनि हामीलाई सुरक्षा दिन सक्छ? 


Yes. There are four other cases challenging the termination of TPS. None of the other cases cover Sudan, Nicaragua, or Nepal. The only group that currently has protection from the other cases is Haitian TPS holders. In Saget v. Trump, the court issued an order preventing DHS from implementing its decision to terminate TPS for Haiti. The government has appealed that decision. That protection is independent of the protection provided in Ramos. It is also possible that one of the other cases could provide protection for people from El Salvador, Honduras, or Haiti in the future.

छन्। टिपिएस अन्त्य गर्ने निर्णय विरुद्ध थप चार वटा मुद्दाहरु जारी छन्। तर ति अन्य मुद्दाहरुले सुडान, निकारागुवा र नेपाल लाई भने सामेल गरेको छैन। ति अन्य मुद्दाहरुले सुरक्षा गर्ने भनेको हैटीका टिपिएस वालाहरु लाई मात्र हो। सागेट-ट्रम्प (Saget vs. Trump) मुद्दामा अदालतले हैटीको टिपिएस अन्त्य गर्न बाट डिएचएस (DHS) लाई रोक लगाएको थियो। हाल अमेरिकी सरकारले सो निर्णय विरुद्ध पुनरावलोकनको लागि उजुरी हालेको छ। हैटीका टिपिएस वालाहरुको लागि त्यो सुरक्षा रामोस मुद्दाको अलावा हो। त्यस बाहेक अन्य मुद्दाहरुले पनि एल सालभाडोर, होन्डुरस र हैटीका टिपिएस वालाहरुलाई भविष्यमा सुरक्षा दिने सम्भावना भने छ। 

Can the litigation win permanent residence for TPS holders?

के यि मुद्दाहरुले हाम्रो लागि स्थायी बसोबास (ग्रीन कार्ड) दिन सक्छ? 


No. Only Congress can provide permanent status for TPS holders. At most, the litigation can protect TPS temporarily while the courts decide the cases. But in the end, all the litigation can do is stop the government from enforcing the previously announced terminations. The court cannot stop the government from terminating TPS again (as long as the government follows the proper procedures and acts lawfully). It also cannot make the government give permanent status to TPS holders.

सक्दैन! स्थायी समाधान (ग्रीन कार्ड) दिन सक्ने अमेरिकी सांसदले मात्र हो। मुद्दाहरुले त अदालतको अन्तिम फैसला नहुन्जेललाई अस्थायी राहत र सुरक्षा दिने मात्र हो। अन्त्यमा गएर मुद्दाहरुले अमेरिकी सरकारले टिपिएस अन्त्य गर्न गरि सकेको निर्णयलाई लागु हुन बाट रोक लगाउने मात्र हो। अमेरिकी सरकारले फेरि कानुनी विधि पुराएर नियमानुसार  टिपिएस अन्त्य गर्न चाहेमा अदालतहरुले केहि पनि गर्न सक्दैनन्। अदालतहरुले टिपिएस वालाहरु लाई स्थायी बसोबास (ग्रीन कार्ड) दिन अमेरिकी सरकारलाई बाध्य बनाउन पनि सक्दैन।

Leave a Comment

Your email address will not be published. Required fields are marked *